स्वस्तिमा र रन्जीतको ‘मस्तै मस्तै’ सार्वजनिक (भिडियो)



सेलिब्रेटी नेपाल। सनिश श्रेष्ठ र निलिमा थापा मगरको स्वरमा रहेको गीत ‘मस्तै मस्तै’सार्वजनिक गरिएको छ । कृष्ण केसीको शब्द, सुबाष भुसालको सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । निकेश खड्काको निर्देशन रहेको भिडियोमा स्वस्तिमा खड्का र रन्जीत पौडेललाई फिचरिङ गरिएको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् । अनिल केसीको प्रस्तुति रहेको भिडियोलाई ‘आफ्नो मन्’ युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।