सुरेखा र समिरको ‘लव लेटर’ सार्वजनिक(भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपाली गीत संगीतमा धेरै प्रयोग हुने शब्द लभलाई समेटेर थुप्रै गीत बनेका छन् यस्तैमा गायिका सुरेखा क्षेत्री र गायक समिर आचार्यको ‘लव लेटर’ सार्वजनिक भएको छ । माया प्रेमको भाव समावेश गरिएको यस गीतमा सन्तोष सुनारको शब्द तथा संगीत रहेको छ । गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ । सार्बजनिक भिडियोमा आँचल शर्मा र मनजील बस्नेत फिचर्ड छन् । राम कुमार केसीले छायाँकन गरेको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका छन् ।