सुमित,हरिभक्त र शक्तिको राष्ट्रप्रेमी गीत ‘आऊ युवाहरु’ सार्वजनिक (भिडियो)



काठमाडौँ। सुमित खड्काको आवाजमा रहेको राष्ट्र भक्तिले ओतप्रोत गीत ‘आऊ युवाहरु’को भिडियो सार्वजनिक गरिएको छ। शक्ति बल्लभको संगीत तथा हरि बुढाथोकीको शब्द रचना रहेको गीतको भिडियोलाई प्रदिप दाहालले निर्देशन गरेका छन्।

मनोहर सुनामको संगीत संयोजन रहेको गीतले युवाहरुलाई एक जुट भएर आत्म निर्भर देश बनाउन आग्रह गरिएको छ। दिपक जोशीले छायाँकन गरेको भिडियोलाई सदिश जोशीले सम्पादन गरेका हुन्। भिडियोमा कृष्ण शिवाकोटी,उमेश खड्का,प्रदिप दाहाल,आनन्द अधिकारी,अन्जु गौतम र मुना प्रसाईं फिचर्ड छन्।