सुजाता र प्रमोदको ‘ओई कान्छी’ मा पल र पुजा (भिडियो)



काठमाडौँ। गायिका सुजाता केसी र गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गित ‘ओई कान्छी’ को म्युजिक भिडियो सार्बजनिक गरिएको छ। सार्वजनिक गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ। अर्जुन तिवारीले छायाँकन तथा दिपक बिस्टले सम्पादन गरेको म्युजिक भिडियोलाइ काजिस श्रेष्ठले कोरियोग्राफी तथा निर्देशन गरेका हुन्।

सार्बजनिक म्युजिक भिडियोमा नायक पल शाह र नायिका पुजा शर्मालाइ फिचर्ड गरिएको छ। भिडियोलाई शुशिल शर्माले निर्माण गरेका हुन्। यो समाचार तयार पार्दा सम्म भिडियोले ३ लाख भन्दा बढी भ्युज सहित यु ट्युब ट्रेण्डिङ्गको २७ नम्बरमा रहेको छ।

सुजाता केसीको यस अघि सार्वजनिक ‘बाजा बजाउदै’लाई दर्शक श्रोताले राम्रो प्रतिक्रिया दिएका थिए। ‘बाजा बजाउदै’ले यु ट्युबमा चौसठी लाख पचास हजार भन्दा धेरै भ्युज पाई सकेको छ। यस अघि पनि सुजाताले थुप्रै गीतमा आफ्नो स्वर दीइ सकेकी छिन।