स्मिता र सलोनको ‘मायाले मलाई बोलायो’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायिका स्मिता दाहाल र अभिनेता सलोन बस्नेत अभिनीत म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायिका स्मिताको स्वर रहेको ‘मायाले मलाई बोलायो’ बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा राजनराज सिवाकोटीको शब्द तथा सङ्गीत रहेको छ । सार्वजनिक गीत दिक्षित पौडेलले एरेन्ज गरेका हुन् ।

सलोन बस्नेतले आफ्नै प्रोडक्सन हाउस ‘प्रफेक्ट प्लान’बाट निर्माण गरेको यस म्युजिक भिडियोको निर्देशन शिशिर खातीले गरेका हुन् । भिडियोमा सलोन र स्मितासगै प्रकाश घिमिरे, गौतम धिमाल, सुुमिन गुरुङको अभिनय रहेको छ । भिडियोलाई संकल भुजेलले खिचेका हुन् भने कोरियोग्राफी आर्जु बैजुको रहेको छ । भिडियोको सम्पादन बनिश शाहले गरेका हुन् ।

सलोन र स्मिताको यस म्युजिक भिडियोमा बालपनको उमेर देखिको सम्बन्ध ठुलो भइसक्दा पनि कसरी गाढा रहिरहन्छ भन्ने कथा बुनिएको छ । भिडियो ‘प्रफेक्ट प्लान’को युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।