शिव र निरुषाको ‘छलक छलक छल्क्यो माया’ मा पल, बर्षा र शिशिर (भिडियो)



काठमाण्डौ। दिपक सिलवालको शब्द तथा संगीतमा गायक शिव परियार र निरुषा भट्टराईको स्वरमा रहेको नयाँ गीत ‘छलक छलक छल्क्यो माया’ सार्वजनिक गरिएको छ । बुधवार इन्टरनेटमा रिलीज यस गीतमा पल शाह, बर्षा राउत र शिशिर भण्डारीले अभिनय गरेका छन् ।

गम्भीर बिष्टले निर्देशन गरेको यस भिडियोमा एक्शन सहितको रोमान्टिक, डान्सिंग प्रेमकथा देख्न सकिन्छ । म्यूजिक भिडियोमा एक्शन राख्नु नौलो प्रचलन हो । भिडियो निर्देशक बिष्टले चलचित्र हेरेको जस्तै महशुस गराउने आफ्नो प्रयास रहेको बताए । भिडियोमा संजय थापा र सुक्रराज शाहको एक्शन निर्देशन रहेको छ । नवराज उप्रेतीको छायांकन तथा नबिन निरौलाको सम्पादन तथा कलर ग्रेडिंग रहेको छ ।