शान्ता र रामजीको ‘नेले बजार’ सार्वजनिक (भिडियो)



काठमाडौं। शान्ता खत्रि र रामजी खाँडको स्वरमा रहेको नयाँ लोक तथा दोहोरि गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘नेले बजार’ बोलको गीतमा शान्ता खत्रीको शब्द रचना, रिमेश कुमारको संगीत, विजय थापाको संगीत संयोजन रहेको छ ।

लिगेश भट्टराईको निर्देशनमा बनेको भिडियोमा दिनेश के.सी र शान्ता खत्रिको अभिनय रहेको छ। नमराज घिमिरेले छायाँकन गरेको भिडियोलाई लिगेश भट्टराईले सम्पादन गरेका छन्। गीतको भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।