शंकर थापाको’क्यालकुलेटर’मा बले र कक्रोजसँग साक्षी संग्रौला (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक शंकर थापा ‘स्माइल’को स्वर तथा संगीत रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘क्यालकुलेटर’ बोलको गीतमा डिपी खनालको शब्द रहेको छ । गीतमा विजयता अधिकारीको पनि स्वर सुन्न सकिन्छ । हास्यकलाकार हरिश निरौला ‘कक्रोज’ र सागर लम्साल ‘बले’लाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोमा कमलमणि नेपाल ‘खुपीका बाउ’ र साक्षी संग्रौला मधुसुदन पाठक र गम्भिर विष्ट फिचर्ड छन्। मधुसुदन पाठक ‘सिते बा’ को प्रस्तुतिमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन , नविन निरौलाको सम्पादन, सुबोल थापाको सहायक निर्देशन र गम्भीर विष्टको निर्देशन र कोरियोग्राफी रहेको छ ।