सत्याकृतको ‘हजार जुनी’ (भिडियो सहित)

सेलिब्रेटी नेपाल

काठमाडौं:समाजमा सद्भाव र सकारात्मक उर्जा सञ्चार गर्ने अभिप्रायले यथार्थ र सत्यता बोकेका गीतहरु सार्वजनिक गर्दै आएको सत्याकृत ब्याण्डले दशैंको मुखमा ‘हजार जुनी’ बोलको गीत सार्वजनिक गरेको छ ।

प्रकृती, प्रेम, ईश्वर, सत्य र देश भक्तिपूर्ण संगीत दर्शकहरुमाझ पस्कदै आईरहेको ब्याण्डले शुक्रबार ‘हजार जुनी’ बोलको गीत सार्वजनिक गरेको हो ।

विदुर न्यौपानेको शब्द संगीतमा रहेको उक्त गीतमा सुर साधुको स्वर रहेको छ । यस गीतको भिडियोमा छायांकन, सम्पादन तथा निर्देशन विजय गौतमले गरेका छन् ।

नेपाल र मलेसियामा छायांकन गरिएको उक्त गीतको रेकर्डिङ्ग मुम्बईमा भएको हो । यस गीतमा मिक्सिङ तथा मास्टरिङ बलिउडका चर्चित साउण्ड ईन्जिनियर आमिर शैखले गरेका छन् ।सत्याकृत ब्याण्डले पूर्विय, पश्चिमी, रक-पप, शास्त्रिय, लोक, फ्यूजन शैलीका गीतहरुलाई प्रस्तुत गर्दै आएको छ ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३