बिदेशमा रहेका नेपालीको कथा व्यथा बोकेको ‘आउछु फर्केर’ (भिडियाे)



सेलिब्रेटी नेपाल । कोरोनाको महामारीमा बिदेशी भुमिमा रहेका नेपालीहरुकाे पिडालाई समेटेर तयार पारिएकाे प्रभावन जे काे लाेक तथा दाेहाेरि गित ‘आउछु फर्केर’ सार्वजनिक गरिएको छ । सार्वजनिक गितमा प्रभावनजेकाे शब्द,लय र स्वर रहेकाे छ भने स्मृति गाैतमले उनलाई स्वरमा साथ दिएकि छन्।

जीवन बडूको एरेन्ज रहेको गीतको भिडियोमा सरोज दाहाल र अनु पराजुली फिचर्ड छन् । पिटर गुरुङले छायांकन गरेको भिडियोको सम्पादन नबिन भट्ट, कला राजाराम गौतम र ब्यबस्थापन बिबेक चौलागाईंले गरेका छन् । भिडियो निर्देशन प्रभावन जे कै रहेको छ । भिडियो निर्माणमा बिशेष सहयोग नकुल राउत र कलाकार श्याम धितालले गरेका छन् ।