सापकोटाको ‘भेटौंन फन पार्कको गेटैमा’ सार्वजनिक (भिडियो)



काठमाडौँ। ‘सुनन पियारी’को सफलता पछी संगीतकार बसन्त सापकोटाले नयाँ गीत भिडियो सार्वजनिक गरेका छन् । सार्वजनिक ‘भेटौंन फन पार्कको गेटैमा’ बोलको गीतमा संगीतकार बसन्त सापकोटा र एलिना चौहानको स्वर सुन्न सकिन्छ भने शब्द तथा संगीत सापकोटाकै रहेको छ । गीतलाई एरेन्ज भने कृष्ण बिकले गरेका हुन् ।

रोमान्टिक शैलीको गीतमा सृष्टि खडका र सुधिर श्रेष्ठ फिचर्ड छन् । भिडीयोलाइ निशान घिमिरेले सम्पादन र निर्दशन गरेका हुन् । उत्सब दाहालले खिचेको भिडीयो बसन्त सापकोटाको आफ्नै यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।