सम्राट दाहालको दोस्रो भिडियो ‘ए इज फर एप्पल’


सेलिब्रेटी नेपाल काठमाडौँ

सम्राट क्रिएशनद्वारा बाल गायक आयुष के.सी.को स्वरमा रहेको बालबालिकाहरु प्रति लक्षित गर्दै ‘ए इज फर एप्पल बोलको शैक्षिक गीतको भिडियो सार्बजनिक गरिएको छ।
सुमन दाहालको निर्देशनमा बनेको यस बाल गीतमा सन्तोष श्रेष्ठको शब्द तथा संगीत रहेको छ। सुजिता सिटौलाले छायांकन गरेको यस बाल शैक्षिक गीतको भिडियोलाई सुरेश राउतले सम्पादन गरेका छन् ।

सावर्जनिक बाल गीतको भिडीयोमा मुख्य भूमिकामा भर्खरै मात्र राष्ट्र भक्तिले ओतप्रोत गीत ‘मलाइ मेरै नेपालको माया छ ‘मा अभिनय गरेका बालकलाकार सम्राट दाहालको अभिनय रहेको छ ।