रञ्जन र अष्मिताको ‘ओ नारान’सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: आधुनिक शैलीको नृत्यपरक गीत ‘ओ नारान…’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । दरबारमार्गस्थित किङ्स लाउञ्जमा आयोजित एक विशेष समारोहमा उक्त गीतको म्युजिक भिडियो प्रिमियर गरिएको हो । डस म्युजिकको प्रस्तुतीमा तयार पारिएको उक्त गीतमा गायक विजय थापाको स्वर सुन्न सकिन्छ । गीतकार डिपि खनालका शब्दहरुको उक्त गीतलाई राजेन्द्र बजगाईंले संगीतबद्ध गरेका हुन् । संगीतकार बजगाईंलेनै उक्त गीतलाई संगीत संयोजन गरेका हुन् ।

नगरकोटका आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई शिव बिकले निर्देशन गरेका हुन् । गीतमा बिककै कोरियोग्राफी समेत छ । रामेश्वर कार्कीद्वारा छायांकन गरिएको उक्त गीतमा रञ्जन अर्याल तथा अष्मिता जुरेलीले अभिनय गरेका छन् । विकास ज्ञवालीले उक्त भिडियोलाई सम्पादन गरेका हुन् ।