रामकृष्ण ढकालको गीतमा दिपेन र जुनाको लुकेको प्रेम (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: सुमधुर स्वरका धनि गायक रामकृष्ण ढकालको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । माधब ढकालको शब्द रचना रहेको गीतमा संगीत गैरे सुरेशको रहेको छ । धेरै सुपर हिट गीतका गायक रामकृष्ण ढकालको कर्ण प्रिय स्वरमा रहेको गीतको भिडियोमा जुना सुन्दास र दिपेन गौतम (माइकल) फिचर्ड छन् । भिडियोमा यो जोडीको लुकेको प्रेमलाइ देखाउन खोजिएको छ ।’तिम्रो महल’बोलको गीतको भिडियोलाइ युबराज वाइबाले निर्देशन गरेका छन् गोपाल राय क्षेत्रिले छायांकन गरेको भिडियोलाइ बिकाश दाहालले सम्पादन गरेका छन् ।