राजु परियार र शान्ता कार्किको दशैं गीत सार्वजनिक



काठमाडौं। राजु परियार र शान्ता कार्किको स्वरमा दशैं गीत’गाउँमै मनाउ दशैं तिहार’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा संगीत रिमेश कुमार थापा, शब्द जिवन प्याकुरेल, संगीत संयोजन विजय थापा, मिक्सिङ मास्टरिङ कृष्ण बाजुरालीले गरेका छन् ।

विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफि रहेको भिडियोमा टिका जैसि, धुर्व हिमाली र दिनेश के.सी फिचर्ड छन्। अमन बडुले छायाँकन गरेको भिडियोलाई लक्ष्मन चौहानले गरेका हुन्। भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ।