राजेशपायल र सुनिता थेगिमको माया हजुर २’ सार्वजनिक (भिडियो)



काठमाडौँ। राई इज किंगको उपाधि प्राप्त गायक राजेशपायल राई र गायिका सुनिता थेगिमको स्वरमा ‘माया हजुर २’ सार्वजनिक गरिएको छ । डि आर अटुको संगीत एवम राजु कार्कीको एरेन्ज रहेको यस गीतमा पूर्वेली कला र संस्कृतिबारे वर्णन गरिएको छ ।

गीतमा राजेशपायल र सुनिताको अभिनय रहेको छ । सार्वजनिक गीतमा डा सुमाया राईको शब्द रहेको छ । भिडियो इशक जगेवूले निर्माण गरेका हुन्। भिडियो लिम्दुमी क्रियशनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।