राजनराज र मेमोरी लिम्बुको ‘झिमि झिमि’मा सागर र बुद्दि (भिडियो)



काठमाडौँ। राजन राज सीवाकोटी र मेमोरी लिम्बु लावतीको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘झिमि झिमि’ बोलको गीतमा गोपी दाहालको शब्द तथा राजन राज सीवाकोटीको संगीत रहेको छ।

मिलन चाम्सको निर्देशन रहेको भिडियोमा सागर लम्साल, बुद्दि तामाङ र रुषा न्यौपाने फिचर छन्। राम कुमार केसीले छायाँकन गरेको भिडियोलाइ संदेश शाहले सम्पादन,राजेन्द्र मोक्तानले कलर संयोजन र कविराज गहतराजले कोरियोग्राफी गरेका छन्। गिरिराज घिमिरेले सहायक निर्देशन गरेको भिडियोको ब्यबस्थापनको जिम्मेवारी क्षितिज सुबेदीले सम्हालेका छन्। भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ।