संचारकर्मी रघुनाथ सापकोटाको ‘किन यो माया नै हो र’ सार्वजनिक



काठमाडौँ। संचारकर्मी रघुनाथ सापकोटाको शब्द रचना रहेको गीत ‘किन यो माया नै हो र’ सार्वजनिक गरिएको छ। रिमेश कुमारको संगीत र एलिना चौहानको स्वर रहेको गीत टाइम्स म्युजिकको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। माया प्रेमको भाव समेटिएको गीतले एउटा प्रेमिकाले प्रेमी प्रतिको समर्पण बोल्छ।

बिस्व अधिकारीले संगीत संयोजन गरेको गीत सुन्नमा आनन्द आउछ। पछिल्लो समय धेरै बाजा गाजा प्रयोग गरेर तडक भडकका गीतहरु सार्वजनिक भई रहेको बेला यो गीत सफ्ट रुपमा निर्माण गरिएको छ। हालको लागि लिरिकल भिडियो सार्वजनिक गरिएको गीतको छिट्टै भिडियो पनि सार्वजनिक गरिने गीतकार रघुनाथ सापकोटाले बताए।