पुजन र पुस्कर ‘पिज्जा बर्गर’ मा भुलेपछि….



काठमाडौँ। गायक बाल के न्यौपानेको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘पिज्जा बर्गर’बोलको गीतमा नारद आचार्य सुदामाको शब्द तथा गायक स्वयम् न्यौपानेको संगीत रहेको छ। दिपक गिरीले छायाँकन गरेको भिडियोको सम्पादन बिष्णु खड्काले गरेका छन्। रमाइलो गीतमा पुजन घिमिरे र पुस्कर दाहाल फिचर्ड छन्। सुरज श्रेष्ठले निर्देशन गरेको भिडियो बिके क्रियसनको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।