प्रिती आले र शंकर घिमिरेको तीज सार्वजनिक (भिडियो)



काठमाडौँ। प्रिती आले, शंकर घिमिरे र सृजना श्रेष्ठको स्वरमा रहेको तीज गीत भिडियो सार्वजनिक गरिएको छ। महेश नेपालको शब्द रचना रहेको गीतमा संगीत समिर आचार्यको रहेको छ पछिल्लो समय सार्वजनिक भई रहेका तीज गीत भन्दा यो गीत अलिक पृथक बनेको छ। ज्ञानेन्द्र शर्माले छायाँकन गरेको भिडियोमा आयुष्मा कार्की र प्रकाश गुरुङ फिचर्ड छन्। ज्ञानेन्द्र शर्माको निर्देशनमा तयार भएको भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी र बिष्णु खड्काको सम्पादन रहेको छ।