प्रमोद खरेलले गाए पहिलो पल्ट देउडागीत (भिडियो)



सुगम संगीतमा अहिलेका लोकप्रिय गायक प्रमोद खरेल। थुप्रै चर्चित गीतका गायक खरेलले पहिलोपल्ट गायिका अनिता चलाउनेसँग देउडागीत गाएकाछन्। पत्रकार डिबीखड्काले लेखेको र विनोद बाजुरालीले संगीतदिएको ‘देउडा खेल्छु चट्टै’ म्युजिक भिडियो शुक्रवार रिलिज गरिएको छ ।
उक्त देउडागीतको म्युजिक भिडियोमा शंकर विसी र अञ्जलीअधिकारी नाचेका छन्। शंकर विसीले नै निर्देशन गरेको म्युजिक भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन् । यसअघि यो समूहको सहकार्यमा बनेको देउडागीत ‘हुन्यावालीजीवनसाथी’चर्चित बनि सकेको छ ।