प्रदीप खड्का अभिनित म्युजिक भिडियो सार्वजनिक (भिडियो)



सेलिब्रेटी नेपाल । अभिनेता प्रदिप खड्का अभिनित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । प्रदीप खड्कालाई भर्सटायल नायकको रुपमा चिनिन्छ । नेपाली चलचित्रमा प्रवेश गरेको केही वर्षमै चर्चित स्टारको रुपमा चिनिएका प्रदीपको फ्यान क्रेज पनि लोभलाग्दो छ। उनै प्रदीपलाई दर्शकले अब म्युजिक भिडियोमा नयाँ लुक्समा देख्न पाउनेछन् । नितिन चन्दको निर्देशनमा तयार भएको ‘जय जय नेपाल’ नामक बोलको गीतमा प्रदीपको गेटअप फरक छ ।

सत्य–स्वरुपराज आचार्य, प्रताप दास र प्रविशा अधिकारीको स्वरमा समावेश यो भिडियोले राष्ट्रियताको भाव बोकेको छ । अशोक शेरचनको शब्द तथा एलिस कार्कीको संगीत रहेको गीतको भिडियोलाइ नितिन चन्दले निर्देशन गरेका हुन् । भिडियोलाइ रुपेश थापाले छायांकन र सम्पादन गरेका छन् ।