प्रविन बेडवालको नयाँ गीतमा निराजन र सुप्रिया (भिडियो)


काठमाडौँ। गायक प्रविन बेडवालको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘सिरानी लाए हात फेरी फेरी’ बोलको गीतमा सन्चमान राईको शब्द तथा ओम प्रकाश राईको संगीत रहेको छ। आधुनिक मेलोडियस गीतको भिडियोलाई ज्ञानु राईले छायाँकन तथा निर्देशन गरेका हुन्। ओसिएन म्युजिकको प्रस्तुतिमा बनेको भिडियोको सम्पादन बिर बहादुर थारुले गरेका छन्। भिडियोमा निराजन प्रधान र सुप्रिया श्रेष्ठ फिचर्ड छन्।