पूजा र रोेशनको ‘रित्तो रित्तो’ (भिडियो)



काठमाडौँ। अमेरिकामा बस्दै आएका रोशन अधिकारीको स्वरमा रहेको ‘रित्तो रित्तो’ बोेलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको छ ।

द डिभाइन म्युजिकको प्रस्तुतिमा तयार भएको गीतमा नेपः सिनेको सहकार्य छ । गीतको भिडियोमा नायिका पूजा शर्मा र मोडल तथा गायक रोशन अधिकारीले अभिनय गरेका छन् । मुस्ताङको रमणीय स्थानमा खिचिएको भिडियोमा रोशन र पुजा रोमान्टिक देखिएका छन् । विधान कार्कीले निर्देशन गरेको भिडियो आकर्षक छ ।

विकास दाहालको सम्पादन रहेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । गायक तथा मोडल रोशनले पत्रकार सम्मेलनमा बोल्दै आफू निरन्तर रुपमा नेपाली सांगीतिक क्षेत्रको विकासमा लागिपर्ने बताए ।