नितिनको निर्देशनमा दीपक र मिनाक्षी बने रोमान्टिक (भिडियो)



काठमाडौँ। गायक प्रताप दासको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सरोज पोखरेलद्वारा संगीतबद्ध ‘अञ्जानैमा…’ गीतको म्युजिक भिडियो ओएसआर डिजिटल च्यानलबाट बुधवार साँझ सार्वजनिक गरिएको हो । सत्यराज चौलागाईंले उक्त गीत रचना गरेका हुन् भने रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन् ।

रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोमा अन्तर्राष्ट्रिय मोडलको रुपमा स्थापित भैसकेका दीपक घिमिरे फिचर्ड छन् । उनलाई मोडल मिनाक्षी महताराले साथ दिएकी छिन् । नितिन चन्दले यो म्युजिक भिडियोलाई निर्देशन तथा सम्पादन गरेका हुन् । सोफी सुनुवारको श्रृंगार रहेको यो भिडियोलाई रुपेश थापाले छायांकन गरेका हुन् भने निशा श्रेष्ठले ड्रेस डिजाइन गरेकी छिन् ।