निराजनको लक्ष्मी संग ‘भेट किन भयो’ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: संगीतकार सुनिल राईको संगीत रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘भेट किन भयो’ बोलको गीतमा पछिल्लो समयकी चर्चित गायिका मेलिना राईको स्वर छ । सार्वजनिक गीतको शब्द रचना रोवार्ड सिप्तुङ्गख राईले गरेका हुन् ।

राजु कार्कीले एरेञ्ज गरेको गीतको भिडियो निर्देशक निशान खड्काले गरेका हुन् । लक्ष्मी बर्देवा र निराजन प्रधानलाई फिचर्ड गरिएको गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन् । भने, भिडियो सम्पादनको जिम्मेवारी विकाश धमालाले सम्हालेका छन् ।


यो तीज गीत भिडियो पनि हेर्नुस