सञ्चारकर्मी कृष अभिनयमा पनि, एलिनासँग ल्याए ‘जुनकिरी’


काठमाडौं । ‘जुनकिरी’ बोलको गीत सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गीतमा सागर खरेलको शब्द, कृष (कृष्ण) पाण्डेको संगीत तथा कृष र एलिना चौहानले स्वर दिएका छन् । गीतमा भिडियोमा पनि कृष र एलिनाले नै अभिनय गरेका छन् ।

सञ्चारकर्मी रहेका कृषले यसअघि आधा दर्जन बढी गीतमा स्वर दिएका छन् भने एलिना पछिल्लो समय रुचाईएकी गायिका हुन् । कृषको अभिनयमा भने यो पहिलो अनुभव हो । आउँदा दिनमा अभिनयलाई पनि अगाडि बढाउने कृष बताउँछन् ।

विकास सुवेदीको छायाँकन रहेको ‘जुनकिरी’ गीतको भिडियोलाई ड्रिम शोको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।