नेपाल आइडलका विश्वास उप्रेतीको ‘पुरानो दिन’ सार्वजनिक


सेलिब्रेटी नेपाल

नेपाल आइडल सिजन २ को टप २० मा परेका विश्वास उप्रेतीको पहिलो गीत ‘पुरानो दिन’ सार्बजनिक गरिएको छ । सार्वजनिक गीतमा विश्वास उप्रेतीको स्वर सुन्न सकिन्छ भने संगीत सबिन राईको रहेको छ । गीतमा सङ्गीत संयोजन गोपाल रसाइलीले गरेका छन ।

साथीहरुको कथालाई प्रस्तुत गरिएको उक्त गीतको भिडियो निर्देशन गरेका छन् मोहन राज अधिकारीले भने यसमा छायाङ्कन अमृत सुनुवारको रहेको छ । गायक सबिन राईले आफ्नो स्वर सँग सुवाउँदो स्वर भएको र विश्वासले उनको गीत गाउने भएकोले विश्वासलाई विश्वास गरेर गीत दिएको बताएका छन् । विश्वास उप्रेतीको ब्याण्ड विश्वास उप्रेती एण्ड अडियो सिटिसँगै नेपल आइडल सिजन २ कै प्रतियोगीहरु रवि ओड, अमित बराल, मिनराज पौडेलको अभिनय रहेको छ ।