अस्ट्रेलिया बाट नरेशको ‘क्यार्नी होला खै…?’ भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: पछिल्लो समय फरक फरक खालको गीतहरु सार्बजनिक भइरहँदा गायक नरेश रेग्मीको स्वरमा ‘क्यार्नी होला खै…?’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ । लोकराज अधिकारीको शब्द रहेको उक्त गीतलाई दीपक शर्माले संगीत भरेका हुन्,’भने नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ । सन्तोष राजवाहकले कोरियोग्राफी र टेकेन्द्र शाहले निर्देशन गरेको भिडियोलाई राम कुमार केसीले खिचेका हुन् । भिडियोमा मोडल विमल शाही र नग्मा श्रेष्ठ फिचर्ड छन्। एन आर क्रियसनको युट्युव च्यानलबाट सार्बजनिक गरिएको भिडियोलाइ टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।