राष्ट्रकविको सम्झनामा नारायणले ल्याए ‘उनको प्रीति’, गीतलाई एक दिनमै दुई लाख भ्यूज


काठमाडौं । उनको प्रीति पैले हो की, मेरो प्रीति पैले
                    जान्दिनँ म – एकैचोटी के भो कुुन्नि कैले
स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचना रहेको चर्चित गीत ‘उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले’को नयाँ भर्सन सार्वजनिक गरिएको छ ।

वरिष्ठ लोकगायक, संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझीले गीतको नयाँ भर्सन सार्वजनिक गरेका हुन् । ०६० सालमा नारायणको संगीत, जगदिश समाल र सपनाश्रीको स्वरमा गीत सार्वननिक भएको थियो । सोमबार रीमा ईन्टरटेन्मेन्टको युट्युब च्यानमार्फत सार्वजनिक नयाँ भर्सनको गीतलाई बि.बि अनुरागीले संगीत संयोजन तथा रचना रिमाल र प्रवीन बेडवालले स्वर दिएका छन् ।

स्व. राष्ट्रकविकै सम्झनास्वरुप गीत सार्वजनिक गरिएको संगीतकार रायमाझीले बताए । ‘राष्ट्रकविज्यूको निधन भएको सुनेपछि उहाँलाई सम्झन गीतलाई फेरि रेकर्ड गरिएको हो, सेलिब्रेटी नेपालसंग कुरा गर्दै उनले भने, ‘यो गीत केही पहिले निकाल्नुपर्ने थियो । अहिलेको परिस्थितिले गर्दा केही ढिला भयो ।’

सार्वजनिक भिडियोमा स्वर्गिय राष्ट्रकविलाई पनि देख्न सकिन्छ । साथमा संगीतकार, गायक÷गायिकासंगै उदिराम खड्का, बिन्दु खड्का, विवेक खड्का, मनोज खड्का, रोकश सोनी लगायतलाई भिडियोमा देखाईएको छ । श्यामश्वेत रसाईलीको मिक्सिङ, रत्न बि.कको बासुरी रहेको गीतलाई मिराज अर्यालले छायांकन/सम्पादन गरेका हुन् । गीत सार्वजनिक भएको एक दिनमै युट्युबमा दुई लाख बढी पटक हेरिसकिएको छ ।

हेरौं भिडियो