११ पटक प्रेममा असफलतापछि नाजिरको ‘प्रेम गर्ने जन्तर’ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:नाटक हुँदै चलचित्रमा प्रवेश गरेका अभिनेता नाजिर हुसेन पछिल्लो समय म्युजिक भिडियोमा देखिने क्रम बढ्दो छ । नयाँ देखि पुराना गायकहरुको रोजाइमा उनि पर्छन । हालै उनको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको बोल छ ‘प्रेम गर्ने जन्तर’ । ११ पटक प्रेममा असफल भएका एक युवाको प्रेम, लामो टिकाउने चाह गितले प्रस्तुत गरेको छ । प्रेम टिकाउनका निम्ति यी युवक गाउका पण्डित बाजेसँग प्रेम गर्नेजन्तर बाध्ने सम्मको निर्णयमा पुग्छन्। सोही कारण गाउँ जाने क्रममा उनको नजर एक युवतीमा पर्न जान्छ र त्यहिबाट सुरु हुन्छ प्रेम गर्ने जन्तरको जर्नी। के यस पटक नाजिरको प्रेम गर्ने जन्तरले काम गर्ला त ? उत्तरका लागि सार्वजनिक गित हेर्नुपर्नेछ।

गित अहिले चल्तीमा रहेको लोक फ्लेवरमै छ, तर गीतको थिम भने अलि फरक छ। गीतको संगीत र शब्द आकर्षक छ । डिजिटल नेपालबाट सार्वजनिक भएको यस गीतमा नाजिरका साथ सरुसा महर्जन फिचर्ड छिन् । यसै गितमार्फत सरुसा ग्ल्यामर संसारमा प्रवेश गर्दै छिन् । गीतमा स्वर दीपक महर्जनको छ भने शब्द र संगीत किरण पहाडीको छ । गीतमा कोरियोग्राफी महेन्द्र निरौला र ब्रिहस्मन सुनुवारको छ। गीतको छायांकन हरि घले लामाले गरेका हुन् भने सम्पादन सुरेश बाडेको छ । गीतको निर्देशन रोशन श्रेष्ठले गरेका हुन् ।