छोरालाई कलेजो दिने बाबुको कथा ‘मेरो जीन्दगी'(भिडियो)



काठमाडौँ। बैतडीका महेश अवस्थिका छोरा शिवाशं जन्मेको दुई महिनामै कलेजो फेर्नु परेको थियो । उनका लागि कलेजो बुबाले दान गरेका थिए । तिनै बुवाको वास्तविक घटनामा आधारित गीत ‘मेरो जिन्दगी’ सार्वजनिक भएको छ । गीतमा कमला सुवेदी सापकाटाको शब्द, महाराज थापाको संगीत संयोजन, निशान भट्टराईको स्वर रहेको छ ।

गीतको भिडियो पनि बनेको छ । युवराज वाईबाको निर्देशन रहेको भिडियोमा निर्मल न्यौपाने र रेखा घिमिरेको अभिनय रहेको छ । भिडियोमा बालकलाकारमा रिदम तामाङ रहेका छन् ।