महेन्द्र भण्डारी र रेश्मा पुनको गीतमा एलिसाको रियाक्सन (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

बाजुरा जिल्लामा जन्मेर गायन क्षेत्रमा आफ्नो भबिस्य बनाउने उदेस्यका साथ काठमाडौँ प्रवेश गरेका नव गायक महेन्द्र भण्डारीको नयाँ गीत भिडियो सार्बजनिक भएको छ । सार्बजनिक गीतमा महेन्द्र भण्डारी र रेश्मा पुनको स्वर रहेको छ भने शब्द संगीत भिम बिसीको रहेको छ । अब निरन्तर संगीतमा नै लाग्ने योजनाका साथ महेन्द्र काठमाडौँमा नै बसोबास गर्न थालेका छन् र संगीतको कक्षा पनि लिन सुरु गरेका छन् भबिस्यमा अझै उत्कृस्ट गीत संगीत पस्कने उनको योजना रहेको छ । सानै देखिको संगीतमा रुची राख्ने भण्डारी सफल गायक बन्ने योजना सहित अघि बढेका छन् ।

सार्बजनिक मायामा रियाक्सन बोलको गीतमा अहिलेकी चर्चित र ब्यस्त मोडल एलिसा राइको अभिनय रहेको भिडियोलाइ क्रान्ति केसीले निर्देशन गरेका हुन् भने भिडियोलाई अर्जुन तिवारीले छायाँकन गरेका हुन् । यस भिडियोमा एलिशा राईसंगै जेम्स बिसीको पनि अभिनय रहेको छ । भिडियोमा मायामा हुने सम्बन्ध लाइ देखाउन खोजिएको निर्देशक केसीले बताए ।