लोमसको ‘हाँसेको मायालु’ पुजन र रीतु (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: विष्णु माझी र सन्जय फ्राउन फिल्डरको आवाजमा ‘हाँसेको मायालु’बोलको लोकदोहोरी गीतको भिडियो सार्वजनिक गरिएको छ।

कुमार परियार ‘धादिङे’को शब्द रहेको गीतमा आयुष परियारको संगीत छ। सार्बजनिक गीतमा संगीत संयोजन बिनोद बाजुरालीले गरेका छन् । सार्वजनिक गीतको भिडियोमा मोडल लोमश शर्मा, पुजन घिमिरे र रितु तामाङको अभिनय रहेको छ।

गीतको भिडियोलाई शिव वि.क.ले कोरियोग्राफी तथा निर्देशन गरेका हुन्। शम्भु चालिसेको छायांकन रहेको भिडियो सम्पादनको जिम्मेवारी विकास धमलाले निर्वाह गरेका छन्। भिडियो एसएफ आर ईन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।