लिटिल च्याम्प्सका सेकेन्ड रनरअप प्रितमलाई इटहरीमा भव्य स्वागत (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: भारतीय टेलिभिजन जीटिभीको चर्चित रियालिटि सो सारेगमप लिटिल च्याम्प्समा सेकेन्ड रनरअप बनेका इटहरीका प्रितम आचार्यलाई मंगलबार गृह जिल्लामा भव्य स्वागत गरिएको छ । उनलाई स्वागत गर्न इटहरीमा दजर्न बढी गाडीसहित सयौँ मानिस काकडभित्ता पुगेका थिए । काकडभित्ताबाट उनलाई स्वागत गर्न गएका व्यक्तिहरुले पञ्चेबाज बजाएर नेपालको झण्डा फहराउँदै इटहरी ल्याइएको थियो । सो अवसरमा उपस्थित व्यक्तिहरुले ‘नेपालका छोरा प्रितम – हाई हाई’भन्ने नार समेत गुन्जाएका थिए ।

सोही दिन प्रितमलाई दमक, उर्लाबारीलगायत ठाउँहरुमा पनि स्वागत गरिएको थियो । गत आइतबार आयोजित सारेगामपा लिटिल च्याम्प्सको अन्तिम स्पर्धामा उनी सेकेन्ड रनरअप घोषित भएका थिए ।प्रितमले आफ्नो फाइनलसम्म पुग्ने अपेक्षा समेत नरहेको सो अवसरमा बताए । उनले तेश्रो भएकोमा खुसी व्यक्त गर्दै नेपालबाट धेरै सहयोग र हौसला मिलेको बताए ।