केतनको गीत ‘परदेशी आयो’मा बिपिन (भिडियो)



काठमाडौं। गायक केतन क्षेत्रीको आवाजमा रहेको गीत ‘परदेशी आयो’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोमा अभिनेता बिपिन कार्कीले जीवन्त अभिनय गरेका छन् ।

सार्वजनिक यस गीतमा अर्थोपार्जनको लागि मुलुक बाहिर गएका एक युवाको कथा देखाउन खोजिएको छ । ग्रामिण भेगको एक युवा जसकी श्रीमती, दुई लालाबाला सन्तान र बाबु आमा छन्, उनिहरु सबैलाई छोडेर परदेशीनुको पीडा यो भिडियोमा देखिन्छ ।

प्रकाश सापकोटाले रचना गरेको यस गीतमा सुवास भुषालको संगीत रहेको छ । देवेन्द्र नेपालले निर्देशन गरेको भिडियोमा बिपिनको साथमा कविता न्यौपाने, सुरविर पण्डित, शर्मिला शर्मा लगाएतको अभिनय रहेको छ । दिपेश उपाध्याय र दिप्सन डंगोलले छायांकन गरेको भिडियोका सम्पादक बिकाश दाहाल हुन् ।