कमल र मेलिना एनी प्रोब्लेम भन्दै (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक कमल रसाइली र गायिका मेलिना राइको आवाजमा समावेश ‘एनी प्रोब्लेम’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा टेकु क्षेत्रीको शब्द, हरि लम्सालको संगीत छ । गीतलाई गायक कमल र मेलिनाले डान्सिङ नम्बरमा तयार पारेका छन् । यो गीतको भिडियोलाइ दि कार्टुन क्रुले तयार पारेको हो ।

भिडियोमा कार्टुन क्रुको टिमलाई नै देख्न सकिन्छ । भिडियोलाई आश्मा विश्वकर्मा र सुविन चौहानले कोरियोग्राफी गरेका हुन् । यस्तै, भिडियोको निर्देशक भने र सरोज अधिकारी हुन् । यसैविच, यो भिडियोको टिमले कभर भिडियो प्रतिस्पर्धा समेत आयोजना गरेको छ । सेप्टेम्बर ३ सम्म भिडियो तयार पारेर पठाउन सकिनेछ । नोभेम्बर १५ मा कभर भिडियोको नतिजा सार्वजनिक गरिने बताइएको छ । विजेताले ५० हजार नगद र दि कार्टुन क्रु जुनियरसँग नयाँ भिडियोमा नृत्य गर्न पाउने बताइएको छ ।