कमलको ‘कालो कालो बालले’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक कमल विरही आवाजमा रहेको ‘कालो कालो बालले’ गीतको भिडियो सार्वजनिक गरिएको छ ।

दिपक बरालको शब्द तथा कमल विरहीको संगीत रहेको गीतमा प्रेमी प्रेमीका विचको सम्वादलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । आफनी प्रेमीकाको यादले निरन्तर सताउने कुरा गीतमा गरिएको छ ।

सन्तोष सुनारको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा रविन शाहको कोरियोग्राफी तथा निर्देशन रहेको छ । भिडियोमा रविन शाह, एन्जिला धिताल र विनोद श्रेष्ठ फिचर्ड छन् ।