कल्पना र कमलको ‘रोधी बस्दा पर्योनी रातै’ (भिडियो)



काठमाण्डौं । क्यानडामा बसेर पनि नेपाली गीत संगीतमा निरन्तर सक्रिय गीतकार प्रमिला बस्नेतको शब्द रचना रहेको मौलिक लोक दोहोरी ‘रोधी बस्दा पर्योनी रातै’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा कल्पना दाहाल र कमल बिसी माल्दाइको स्वरमा रहेको गीत सार्वजनिक भएको हो ।

कमल बिसी माल्दाईकै संगीत रहेको गीतमा एक जोडीले रोधीमा गीत गाउदा गाउदै बिहे गर्ने निधो गरेको कथा समेटिएको छ । प्रेमील प्रेमी प्रेमीका विचको प्रेम प्रसङगलाई गीतमा समावेश गरिएको छ । गीतमा सुनिल परियारको एरेन्ज र कुमार रानाको मिक्सीङ रहेको छ ।

भिडियोमा बासु बरालको छायाँकन , राजेश कुमारको सम्पादन तथा सरोज प्याकुरेलको निर्देशन देबेन्द्र कुँवरको कोरियोग्राफी रहेको छ । भिडियोमा प्रदिप रोक्का र रितु तामाङ फिचर्ड छन् । भिडियो प्रमिला बस्नेतकोआफ्नै यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।