कविताको ‘आकाशको कालो बादल’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल

काठमाडौँ:गायिका कविता बलामीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। ‘आकाशको कालो बादल’ बोलको गीतमा शब्द तथा संगीत सत्य स्वरुपको रहेको छ । सार्वजनिक भिडियो साइ राम पिक्चर्सको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

अमुल कार्कीको संगीत संयोजन रहेको गीतमा माया प्रेममा धोका पाए पछिको भाव पाउन सकिन्छ । संचारकर्मी कुमार आचार्यको निर्देशनमा बनेको भिडियोमा लिगेश भट्टराई,श्रेया दुलाल र मेनुका माझिलाइ फिचर्ड गरिएको छ । बिरेन्द्र भट्टले छायांकन गरेको भिडियोलाइ अच्युत बजगाईंले सम्पादन गरेका हुन् । लिगेश भट्टराइको कोरियोग्राफी रहेको भिडियोलाइ सेलिब्रेटी नेपालले निर्माण गरेको हो ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३