जुनुको ‘बिहानी’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:जुनु गौतमको स्वरमा रहेको गीत ‘बिहानी’ सार्वजनिक गरिएको छ । राजु बाबु श्रेष्ठको शब्द, अनिश श्रेष्ठको सङ्गीत रहेको गीतको भिडियो यु ट्युब मार्फत सार्वजनिक गरिएको हो ।‘अजम्बरी’ एल्बममा समाबेस गीतको भिडियोलाई प्रदीप श्रेष्ठले निर्देशन गरेका छन् । गीतको भिडियोमा चन्द्र पुलामी र मनिता खुलाल लाई फिचर्ड गरिएको छ ।

करिब दुई दर्जन भन्दा बढी गीतमा स्वर दिइसकेकी गायिका जुनु गौतमको यस गीतमा फरक गायकी पन सुन्न सकिने छ । ‘यो गीत मैले अलिकति फरक तरिकामा गएको छु आशा छ गीतले दर्शक श्रोताको मनमा बास पक्कै पनि पाउने छ’ जुनुले भनिन । गीतको भिडियोलाई युश ढकालले खिचेका छन भने सम्पादन जितेन्द्र राजोपाध्याले गरेका छन् ।