‘जिन्दगीतिम्रो र मेरो गीत’ मा रोमान्टिक इन्जाममअलि र सुप्रिया (भिडियो)



काठमाडौँ। प्रणय दिवसको अवसर पारेर प्रेमिलगीत ’जिन्दगी तिम्रो र मेरो गीत’ सार्वजनिकभएको छ । मायागर्नेहरुकालागि समर्पित गरिएको गीतको शब्दले प्रेमभावव्यक्त गर्छ । फेब्रुअरी १४ मा सार्वजनिकगरिएको गीतमादुइ पुस्ताको प्रेम दुनियालाई देखाईएको छ । पहिलो पुस्ता र दोस्रो पुस्ताको प्रेम समेटिएको भिडियोमा रिता कट्टेल , इन्जाममअलिखान , सुप्रियाखनाल र जेरी साउदको अभिनय रहेको छ । गीतको भिडियोमा निक्षल श्रेष्ठ पनि देखिएका छन ।

सार्वजनिकगीतमा हरिभक्त बुढाथोकीको शब्द , दीपकसिलवालको संगीत रहेको छ भने शिव परियार र बानीकाप्रधानले स्वर दिएका छन् । गीतबनेको शब्दलाई संगीतको मिठास अनुसार नै शिव र बानीकाले स्वर राखेका छन् । भिडियोलाई निर्देशक दीवाकर भट्टराईले निर्देशन गरेका छन् । गीतको भिडियोलाई शब्दको भावअनुसार तयार गर्ने कोसिश गरेको निर्देशक भट्टराईले बताए ।

’हामीले पुस्तान्तरण भएपनिजिन्दगीमा रहने प्रेमको महत्वलाई देखाउने प्रयास गरेका छौँ ’ निर्देशक भट्टराईले भने ,’गीतमादुइ पुस्ताको प्रेम प्रतिको समर्पण पनि देखाइएको छ ।’ गीतको भिडियोमा स्वोयत्ना योञ्जनको कोरियोग्राफी रहेको छ । गीतमापासांग टि शेर्पाको आर्ट निर्देशन, महेश पौडेलको डिओपी, कृष्ण भण्डारीको कलर करेक्सन, दिर्घ खड्काको सम्पादन, रिवाजकार्कीको भिएफेक्स रहेको छ ।