ईन्दिरा र भुवनको डान्सिङ्ग नम्बर ‘तिमि बिना’ सार्वजनिक (भिडियो)


काठमाडौँ। ईन्दिरा भट्टराईको स्वर रहेको ‘तिमि बिना’को भिडियो सार्वजनिक गरिएको छ । गायिका भट्टराई स्वयं फिचर्ड रहेको गीत ‘तिमी बिना’मा उनलाई स्वर तथा अभिनयमा भूवन प्रकाश बडुले साथ दिएका छन ।

डान्सिङ्ग गीतमा मनोज सिंह धामीको शव्द भूवन प्रकाश कै एरेन्ज तथा संगितमा तयार गीतको भिडियोलाई होम धितालले निर्देशन गरेका हुन । गोविन्द श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोको छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धितालले गरेका हुन । गायिका ईन्दिराको आफ्नै यूट्यूब च्यानल ईन्दिरा म्यूजिक एण्ड ईन्टरटेनमेन्टबाट सार्वजनिक भिडियोको निर्माण ईन्दिरा म्यूजिकले गरेको हो ।