गोविन्द र स्मृतिको स्वरमा ‘जुनदिन’ सार्वजनिक (भिडियो)



काठमाडौं। लोक दोहोरी गायक गोविन्द अर्याल (गोपि) र स्मृति गौतमको स्वरमा रहेको ‘जुनदिन’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा गोविन्द र स्मृतिलाई प्रतिमा अर्याल, गंगा लगायतका साथिहरुले साथ दिएका छन् ।

गीतको शब्द संगम थापा, संगीत सुफिक्स मदन, एरेन्ज नारायण दंगाल, रेकर्डिष्ट विजय बुडा, मिक्सिङ कृष्ण पुन, अभिनय अनु पराजुली, परमेश्वर दाहालले गरेका छन् । संगम थापाको निर्देशन रहेको भिडियोको छाँयाकन जनकराज अधिकारी र सम्पादन विवेक सुनारले गरेका छन् ।