भ्रस्टाचार र समाजमा रहेका बेथिति समेटिएको गीत ‘खानदेउ’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गीत रचना गर्नु भनेको शब्दमा प्राण भर्नु हो त्यस माथि पनि घुस , भ्रस्टाचार र समाजमा रहेका बेथितिका धेरै शब्दहरु र त्यो अनुसारको संगीत अनि त्यसमा राखिने स्वरको समिश्रण पक्कै पनि सजिलो कार्य होइन एउटा गीतको शब्द संगीत र आवाज तयार गरेर पनि धेरै सर्जकहरु ओझेल पर्ने गरेको धेरै सुनिने गरिन्छ । प्रोफेसर बिनोद यादव त्यस्ता भाग्यमानी सर्जकमा पर्दछन जो निरन्तर पृथक स्वादका मिठा मिठा गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गरेर छोटो समयमै सफल भएका गायक हुन ।

नेपालका विभिन्न शिक्षण संस्थामा सफल रुपमा अध्यापन र त्यसको संचालन गरिरहेका प्रोफेसर बिनोद यादवको नयाँ घुस सम्बन्धी गीत ‘खानदेउ ‘को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । बिनोद यादवकै शब्द संगीत र आवाजमा तयार भएको गीत ‘खानदेउ ‘को भिडियोमा बिनोदकै अभिनय रहेको छ। अहिलेको नेपालको वस्तुस्थिति घुस , भ्रस्टाचार र समाजमा रहेका बेथितिका धेरै कुराहरु समाबेश गरिएको भएर दर्शकले गीतलाई मन पराइ रहेका कमेन्टहरु आएका छन् । रामशरण उप्रेतीको सिनेमाटोग्राफी र सिल्भरमुनको सम्पादन रहेको भिडियोलाइ देव डीको निर्देशन रहेको छ।