फोटो पत्रकार वन्तको ‘परदेशिको पिडा’ सार्वजनिक (भिडियो)



काठमाडौं । लामो समयदेखि नेपालको फोटो पत्रकारितामा स्थापित प्रदीपराज वन्तले मोडलिङमा हात हालेका छन् । राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत वन्तले लामो समयदेखि आफूलाई व्यवसायिक एवम् दक्ष फोटो पत्रकारको रुपमा आफूलाई स्थापित गरेका छन् । विभिन्न प्रतियोगितात्मक कार्यक्रमका विभिन्न सिरिज चलाउने वन्त सिजन मिडियाका प्रबन्ध निर्देशकसमेत हुन् । वन्त अब कलाकारिता तर्फ समेत लागेका छन् ।

गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्धारा पहिलो पटक निमार्ण गरिएको ‘परदेशिको पिडा ’ नामक म्यूजिक भिडियोको विमोचन कलाकार तथा निदेशक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सिता न्यौपाने पाठक, वरिष्ठ कर्पोरेटसेफ कुमार चालिसे लगयातले संयुक्त रुपमा विमोचन गरे ।

गायक विनोद दनुवारले स्वर दिनुभएको गीतको भिडियोमा फोटापत्रकार प्रदीपराज वन्त र मोडल तथा जुम्वा प्रशिक्षक सोनाम केसीको अभिनय रहेको छ । भिडियो नविनबाबु गुरुङको निर्देशन तथा छायांकन रहेको छ । यस्तै, सहायक निर्देशनमा रेजीना तुलाधरले सहयोग गरेका छन् । साथै सम्पादन नविन निरौलाको रहेको छ ।

आफूले पनि कलाकारिताको क्षेत्रमा केही न केही योगदान गर्न सक्छु भन्ने मान्यताका साथ आफू यस क्षेत्रमा आएको गीतका मोडल वन्तले जानकारी दिए ।

उक्त कार्यक्रममा सिजन मिडियाद्धारा लकडाउनमा आयोजना गरिएको मिसेस नेपाल लकडाउन ट्यालेन्टहन्टका विजेताहरुलाई ताज लगाउनुका साथै पुरस्कार वितरण पनि गरिएको थियो ।