एलिना र बिवेकको ‘डल्ली’ सार्वजनिक (भिडियो)



सेलिब्रेटी नेपाल,काठमाडौं। गायिका एलिना चौहान र गायक विवेक चौलागाईको स्वरमा रहेको ‘डल्ली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतमा शब्द, संगीत तथा भिडियो निर्देशन प्रभावन जे को रहेको छ ।

विकास लामिछाने, एलिना चौहान, राजाराम गौतम र विपना चौलागाईको अभिनय रहेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुंमागाईको छाँयाकन, दिनशन शाहको सम्पादन रहेको छ । सार्वजनिक गीतमा एरेन्ज जीवन बडुले गरेका हुन्। भिडियोमा निर्माण नियन्त्रकको कार्य श्याम धितालले गरेका छन् ।