एलिना चौहानको ‘तरुनी’ सार्वजनिक (भिडियो)



काठमाडौं। एलिना चौहानको नयाँ गीत ‘तरुनी’ को भिडियो सार्वजनिक गरिएको छ। गीतमा एलिनालाई यम कुमार मल्लले स्वरमा साथ दिएका छन ।
डान्सिङ शैलीमा तयार भएको यस गीतको शब्द तथा संगीत बिशाल थिङ्गले तयार गरेका हुन्। सार्वजनिक गीतलाई बालकृष्ण सेवाचार्यले एरेन्ज गरेका हुन् ।

भिडियोमा सन्देश रिमाल र इश्मा मल्ल फिचर्ड छन् । सन्देश रिमालको निर्देशन, कन्सेप्ट तथा कोरियोग्राफी रहेको भिडियोलाई अशोक रंजितले खिचेका छन्। साथै सम्पादन पनि अशोक रंजितले नै गरेका हुन् ।