‘ए मेरी पूजा’ भन्दै आइन आश्मा (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: अभिनेत्री आश्मा गिरीले म्युजीक भिडियो निर्देशनमा डेब्यु गरेकी छिन् । उनले कौशलराज खड्काको स्वर, संगीत र बिशाल मल्लको शब्दमा ‘ए मेरी पूजा’ बोलको गीतको भिडियो निर्देशन गरेकी हुन् । चलचित्र ‘ड्रिम गर्ल’ बाट फिचर फिल्मको यात्रा तय गरेकी आश्माले आफ्नो युट्युव च्यानल नेफोली क्रिएसन्सका लागि सो भिडियो निर्माण गरेकी हुन् । भिडियोमा उदयमान मोडल हिमांशु कार्की, आशिका श्रेष्ठ र नेहा लिम्बू फिचर्ड छन् ।

भ्यालेन्टाइन्स डेको अबसर पारेर सार्वजनीक भिडियोबारे जानकारी दिन तथा आफ्नो कम्पनीका योजनाबारे छलफल गर्न उनले शु्क्रबार साँझ हात्तिसार स्थित एक रेस्टुरेन्टमा टिकटकमा चर्चित प्रतिभाहरुबीच भेटघाट कार्यक्रम आयोजना गरिन् । टिकटकरहरुले आश्माको अभिनय तथा निर्देशन यात्राको तारिफ गर्दै शुभकामना ब्यक्त गरेका थिए ।

आश्मा शुक्रबार बिहान नेफिली क्रिएसन्नको टिमसहित सिफलस्थित बाल संरक्षण गृहमा पुगी त्यहाँ आश्रीत बालबालिकासँग भलाकुसारी गरेकी थिइन् । उनले त्यहाँ आश्रीत बालबालिकालाई केक खुवाउदै धेरै पढेर असल नागरिक बन्न प्रेरित गरेकी थिइन् । उनले आफू समाजसेवी भावनाको भएकाले असाहय बालबालिकालाई सहयोग गर्न आश्रम पुगेको बताइन् । उनले बालबालिकासँग आफ्नो कलाकारिता यात्राबारे समेत कुराकानी गरेकी थिइन् ।

एउटा प्रेमीको प्रेमाभाव दर्शाइएको ‘ए मेरी पूजा’ को भिडियोसुवल डंगोलले खिचेका हुन् भने कोरियोग्राफी सियोन श्रेष्ठको छ । बिजेश पौडेलको भिएफएक्स,कलर र एडिट रहेको भिडियोको निर्मातामा आश्मा स्वयम्, गायक कौशलराज र प्रलभ ढुंगाना छन् । ‘ड्रिमगर्ल’ पछि आश्मा ‘सँगसँगै’ नामक चलचित्रमा अभिनय गर्ने तयारीमा छिन् ।