दुर्गेशको गीत ‘बिच्च बिच्च मा’ मार्फत ‘छ माया छपक्कै’ को प्रोमोसन गरिंदै (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘छ माया छपक्कै’ को प्रोमोसनल गीत सार्वजनिक गरिएको छ । दुर्गेश थापाको तीज ‘बिच्च बिच्च मा’ लाइ लाइ शब्द परिवर्तन गरेर रेकर्ड गरेर प्रोमोसनल रुपमा सार्बजनिक गरिएको हो । गीतलाइ दुर्गेश थापा र आमा अग्नि कुमारी २ वटा यु ट्युब च्यानल बाट एक साथ सार्बजनिक गरिएको छ। दुर्गेश थापाको स्वर रहेको उक्त गीतमा दुर्गेशको नै शब्द तथा संगीत रहेको छ । चलचित्र ‘छ माया छपक्कै’ को चर्चा गरिएको उक्त गीतमा सबै जनालाई चलचित्र हेर्न जान आग्रह गरिएको छ । उक्त गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारको साथ गायक दुर्गेश थापा , दिपाश्री निरौला लगायतलाई फिर्चड गरिएको छ ।

सबै कलाकारहरुलाई एक ब्याडको रुपमा प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा कलाकारहरुलाई फरक अवतारमा देख्न सकिन्छ । उक्त गीतको भिडियोमा कलाकारहरुलाई रमाईलो गर्दै देख्न सकिन्छ । चलचित्र युनिटले यस अघि ‘जुनको जुनेली’ बोलको गीत र ट्रेलर सार्वजनिक गरिसकेको छ ।

दिपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा दीपक राज गिरी, केकी अधिकारी, सुपुष्पा भट्ट, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल , रमा थपलीया , प्रकाश घिमिरे , बिष्णु सापकोटा , बसन्त भट्ट , सुनिता गौतम , दिपाश्री निरौला लगायत कलाकारहरुको अभिनय रहेको छ । आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र ‘छ माया छपक्कै’ का निर्माता रोहित अधिकारी रहेका छन् ।

चलचित्रमा हरी हुमागाईंको छायांकन रहेको छ । चलचित्रमा दिपाश्री निरौला सल्लाहकार निर्देशकको रुपमा रहेकी छिन् । कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व र विपिन मल्लको सम्पादन रहेको छ । चलचित्र असोज २४ गतेबाट प्रदर्शन हुँदैछ ।